Section 26
मानव स्रोतको व्यवस्थापन र विकास
: (१) नेपाल सरकारले स्वास्थ्यक्षेत्रको मानव स्रोतको विकास, वितरण र उपयोग सम्बन्धी नीति एवं मापदण्ड तयार गरी लागू गर्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्ड तोक्दा मानवस्रोतको विकास, व्यवस्थापन, उपयोगका विषयमा दीर्घकालीन, मध्यकालीन र तत्कालीन आवश्यकताको विश्लेषण र नक्साङ्कन गरी जनशक्ति, प्रविधि तथा उपकरणको प्रक्षेपणको आधारमा तोक्नु पर्नेछ।